जनकपुरधाम – धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ जना अभियुक्त फरार भएका छन् ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा पर्ने इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट आइतबार राति खाना खाएर सुतेका अभियुक्तहरू मध्यरातमा फरार भएका हुन् ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीप बहादुर क्षेत्रीले थुनुवा कक्षको पर्खाल भत्काएर ६ अभियुक्त फरार भएको जानकारी दिए ।
इलाका प्रहरी कार्यालयको भवन पुरानाे छ । हिरासतपट्टिको भाग कमजोर भएको कारण फोडेर उनीहरू भाग्न सफल भएको प्रहरीको भनाइ छ ।
फरार अभियुक्तहरूको खोजी भइरहेको र उनीहरू कसरी फरार हुन सफल भएको विषयमा पनि थप अनुसन्धान भइरहेको डिएसपी क्षेत्रीले जानकारी दिए ।




प्रतिक्रिया