धनुषामा आमाको हत्या गरेकाे आरोपमा छाेरा पक्राउ

धनुषामा आमाको हत्या गरेकाे आरोपमा छाेरा पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा – धनुषाको सबैला नगरपालिका–५ मखनाहा बस्ने २१ वर्षीय मनोज खत्वेलाई आमाको हत्या गरेको आरोपमा प्रहरीले शुक्रबार विहान पक्राउ गरेको छ ।

उनले आफ्नै आमा ३६ वर्षीया सिकिलिया देवी खत्वेको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मनोजले घरायसी विवादमा आमाको टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

हत्याको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।