काठमाडौं – भारतको गुजरातबाट वीरेन्द्रनगर आइपुगेका एक युवाको मंगलबार राति मृत्यु भएको छ ।
सुर्खेतको चिंगाड गाउँपालिका–५ का २२ वर्षीय वीरेन्द्र रोकायाको प्रदेश अस्पताल कालागाउँ पुग्ने क्रममै बाटोमा मृत्यु भएको हो ।
मंगलबार नेपालगञ्जबाट चिंगाड जाने बसमा चढेका ती युवालाई असजिलो भएपछि सुर्खेतको सुब्बाकुनाबाट एम्बुलेन्समार्फत प्रदेश अस्पताल पु¥याइएको थियो ।
अस्पतालका कोरोना फोकल पर्सन डा। केएन पौडेलले अस्पतालमा भर्ना हुनेबित्तिकै आफूहरुले जाँच गर्दा उनी मृतावस्थामा रहेको बताए ।
‘राति साढे १२ बजेतिर खबर पाउनेबित्तिकै हामी जाँच गर्न गयौँ, उनको मृत्यु भइसकेको रहेछ’, डा पौडेलले भने ।
अस्पतालका निर्देशक डा. डम्बर खड्काले मृतक युवकका साथै उनको साथमा एम्बुलेन्समा आएकाहरुको स्वाब संकलन गरी कोरोना परीक्षण कार्य भइरहेको र दिउँसोसम्म रिर्पोट आउने जानकारी दिए । आफन्तका अनुसार ती युवामा बाथरोगसम्बन्धी समस्या थियो ।
त्यस्तै भारतबाटै धनुषाको जटही नाका हुँदै नेपाल आउन लागेका एक जनाको आज बिहान मृत्यु भएको छ ।
धनुषाको जटही नाकाबाट घर आउन लागेका सहिदनगर नगरपालिका वडा नम्बर ९ का ३० वर्षीय वीरेन्द्र यादवको मृत्यु भएकोहो ।




प्रतिक्रिया