जनकपुरमा एक युवकमाथि गोली प्रहार

जनकपुरमा एक युवकमाथि गोली प्रहार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर – धनुषामा एक युवकमाथि गोली प्रहार भएको छ । जनकपुरधाम उपमहानगरपालिका–१९ मा शनिबार राति १८ वर्षीय मुकेश मुखियामाथि गोली प्रहार भएको हो ।

गोली लागेर घाइते भएका मुखियालाई उपचारका लागि राति नै काठमाण्डु ल्याइएको छ । धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतका अनुसार किराना पसलमा बसेर ६/७ जनाको समूह कुराकानी गरिरहँदा एक्कासि उनीमाथि गोली प्रहार भएको थियो ।

मुखियाको चिउँडोमा लागेको गोली घाँटीमा गएर अड्किएको छ । गोली कसले प्रहार गरेको भन्ने खुलिनसकेको र अनुसन्धान भइरहेको बस्नेतको भनाइ छ ।