धनुषा – धनुषाको धनुषाधामस्थित एक विद्यालयमा पनि शंकास्पद वस्तु भेटिएको छ । जनकपुरधाम उपमहानगरपालिका बाह्रबिघामा शंकास्पद वस्तु निष्क्रिय पारेलगत्तै फेरि धनुषाधाम नगरपालिका–५ पर्वतास्थित उच्च माध्यमिक विद्यालयमा शंकास्पद वस्तु भेटिएको हो ।
विद्यालयको लेखा शाखाको झ्यालमा सेतो प्लास्टिकमा बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेपछि विद्यार्थीमा त्रास बढेको छ । उक्त शंकास्पद वस्तु बम हो या होइन भन्ने यकिन नभएपनि प्रहरीले विद्यालय खाली गराएको छ ।
आइतबार राति जनकपुरधाम उपमहानगरपालिका बाह्रबिघामा शंकास्पद भेटिएपछि सोमबार विहान नेपाली सेनाको डिस्पोजल टोलीले बम निस्क्रिय पारेको थियो । धनुषामा केही दिनअभि मात्रै प्रहरी अधिकारीसहित तीन जनाको ज्यान जानेगरि बम विस्फोट भएको थियो ।




प्रतिक्रिया