मदिराले मृत्यु भएकाका परिवारलाई ३ लाख राहत दिने मुख्यमन्त्री राउतको घोषणा

मदिराले मृत्यु भएकाका परिवारलाई ३ लाख राहत दिने मुख्यमन्त्री राउतको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले धनुषामा विषाक्त रक्सी पिएका कारण मृत्यु भएकाका परिवारलाई जनही ३ लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।

सोमबार बिहान पीडित परिवारलाई भेट्न धनुषाको क्षिरेश्वरनाथ नगरपालिका २ रमदैया पुगेका मन्त्री राउतले पीडित परिवारहरूसँग भेटघाट गरी समवेदना व्यक्त गर्दै प्रदेश २ सरकारको तर्फबाट जनही ३ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।

उनले विषाक्त मदिरा उत्पादन तथा बिक्री–वितरण गर्नेलाई कानुनको दायरामा ल्याउने प्रतिबद्धता जनाउँदै घटनामा संलग्न दोषीको खोजी जारी रहेको जानकारी दिए । मुख्यमन्त्री राउतले प्रदेश सरकार चाँडै प्रदेशलाई नै खुला मदिरामुक्त घोषणा गर्ने तयारीमा रहेको जानकारीसमेत दिए ।

विषाक्त मदिरा सेवनका कारण १५ दिनयता धनुषाका रमदैया बस्तीमा ९, जनकपुरधाम उपमहानगरपालिका ७ मुसहर बस्तीमा ६ र लक्ष्मीनियाँ गाउँपालिका–६ बगेबामा गरी आइतबार साँझसम्म २० जनाको मृत्यु भइसकेको छ ।