बुवा र श्रीमतीको हत्या गरेर शव खाल्डोमा गाड्ने एक जना पक्राउ

बुवा र श्रीमतीको हत्या गरेर शव खाल्डोमा गाड्ने एक जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- धनुषामा एक जनाले आफ्नै बुवा र श्रीमतीको हत्या गरेका छन् । जिल्लाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ ललिया घर भएका भागेश्वर मण्डलले ५५ वर्षीय बुवा रामवृक्ष र २४ वर्षीया श्रीमती अमिरकादेवीको हत्या गरेका हुन् ।

धनुषाका प्रहरी प्रवक्ता जितेन्द्र बस्नेतका अनुसार केहि दिन अगाडि वैदेशिक रोजगारीबाट फर्केका मण्डलले सोमबार राति दुवै जनाको हत्या गरी शव छिमेकी रामकिसुन मण्डलको आँपको बगैंचामा खाल्डो खनेर गाडेका थिए । भागेश्वरले दुबै जनाको आफैले हत्या गरेको स्वीकार गरका छन् ।

शव गाडेको ठाउँमा उत्खनन् गर्दा दुवैको शव फेला परेको बस्नेतले बताए । पारिवारिक विवादका कारण उनले बुवा र श्रीमतीको हत्या गरेको देखिएको छ । भागेश्वरलाई पक्राउ गरि घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।