काठमाण्डु– धरान–१० पुतलीलाइनस्थित भाटभटेनी सुपरमार्केटको भग्नावशेषभित्र तीनजनाको जलेको अवस्थामा शव फेला परेको छ। प्रहरीले ती शवहरू चिन्ने नसक्ने अवस्थामा भेटिएको जनाएको छ।
जेनजी आन्दोलनका क्रममा अराजक समूहले मंगलबार राति भाटभटेनीमा आगजनी गरेको थियो। आगो निभेपछि शुक्रबार बिहान जनप्रतिनिधि र सुरक्षाकर्मीको टोली स्थल प्रवेश गर्दा दोस्रो तलामा पहिलो शव भेटिएको प्रहरी इन्स्पेक्टर रुद्र खड्काले जानकारी दिए। केही बेरमै अन्य दुई शव पनि त्यस्तै अवस्थामा फेला परेका हुन्।
प्रहरीले मुचुल्का उठाएर शवलाई पोस्टमार्टमका लागि पठाइसकेको छ। मंगलबार रातिदेखि भाटभटेनीभित्र कम्तीमा तीन जना फसेको भन्ने हल्ला चलेको थियो। आफन्तहरूले पनि अनौपचारिक रूपमा विभिन्न निकायमा सम्पर्क गर्दै खोजीका लागि दबाब दिइरहेका थिए।
भाटभटेनीमा लागेको आगो बिहीबार साँझ मात्र पूर्ण रूपमा नियन्त्रणमा आएको थियो।




प्रतिक्रिया