काठमाण्डु – सूर्योदयसँगै धरानको दैनिकी सुरु हुन्छ । बिहानैदेखि धरानमा सवारी साधन र मानिसको चलहपहल देख्न पाइन्छ ।
धरान कोशी प्रदेश अन्तर्गत सुनसरी जिल्लामा पर्ने उपमहानगरपालिका हो ।
यहाँ सुनुवार, राई, लिम्बू, याक्खा जनजातिहरूको बाहुल्यता छ । तथापि विविध जाति तथा जनजातिहरूको बसोबास स्थल र कला, साहित्य, संस्कृति तथा खेलकुदको क्षेत्रमा ख्याति प्राप्त धरान अहिले शिक्षा, स्वास्थ्य, पर्यटकीय तथा व्यापारिक पूर्वाधारयुक्त सुन्दर सहरको रूपमा विकास हुँदै पूर्वाञ्चलको मात्र नभइ नेपालकै नमुना सहर बन्न प्रयासरत छ । कुनैबेला धरान बजारलाई ‘गोर्खा भर्तीको केन्द्र’ पनि भनिन्थ्यो।
२०१० सालमा पूर्वाञ्चलको लागि ब्रिटिस गोर्खा भर्ती केन्द्र धरानमा स्थापना भए पछि मुख्य रुपमा धरानमा बसोबास तथा चहलपहल बढेको पाइन्छ ।
२०१७ सालमा धरान नगरपालिका घोषित भएको धरान, २०१८ सालमा नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गर्दा कोशी अञ्चलको सदरमुकाम समेत घोषित भएको थियो ।












प्रतिक्रिया