धरानमा भरुवा बन्दुकसहित दुई पक्राउ

धरानमा भरुवा बन्दुकसहित दुई पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धरान – बराह सबडिभिजन वन कार्यालय चतराले एक नाल भरुवा र गोलीसहित दुई जनालाई शुक्रबार पक्राउ गरेको छ । वन गस्ती गर्ने क्रममा बराह क्षेत्र नगरपालिका–३ बस्ने ४५ वर्षीय बमबहादुर मगर र ३२ वर्षीय पे्रम कार्कीलाई पक्राउ गरिएको बराह सबडिभिजन वन कार्यालय चतराका अधिकृत शिवलाल बिकले जानकारी दिए ।

शिवलाल बिकको कमान्डमा गएको टोलीले नडाहा चतरा सडकखण्डमा रहेको हरिणेखोलास्थित सडकदेखि १५० मिटरभित्र जङ्गलमा उनीहरुलाई हतियारसहित टोलीले फेला पारेको वन अधिकृत शिवलाल बिकले जानकारी दिए ।

उनीहरुका साथबाट एक भरुवा बन्दुक, एक खुकुरी, एक चुप्पी र १४ थान बन्दुकको गोली, दुई बट्टा बारुद तथा डोरी बरामद गरिएको छ ।