धरान महानगरको मेयरमा कांग्रेसका तिलक राई विजयी

धरान महानगरको मेयरमा कांग्रेसका तिलक राई विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धरान – सुनसरीको धरान उपमहानरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका तिलक राई विजयी भएका छन् । नेकपाका उम्मेदवार प्रकाश राईलाई २ हजार ७ सय ९५ मतअन्तरले पराजित गर्दै उनी मेयरमा विजयी भएका हुन् ।

कुल ५५ हजार १ सय ६३ मत खसेकोमध्ये कांग्रेस उम्मेदवार तिलकले २६ हजार ७ सय ९ मत प्राप्त गरेका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी राईले २३ हजार ९ सय ९४ मत प्राप्त गरेका छन् ।