धरानमा एक कोरोना संक्रमित महिलाको मृत्यु

धरानमा एक कोरोना संक्रमित महिलाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धरान – धरानमा थप एक जना कोरोना संक्रमति महिलाको मृत्यु भएको छ ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मोरङको बुढीगंगा–२ निवासी ६७ वर्षीया कोरोना संक्रमित महिलाको मंगलबार साँझा मृत्यु भएको हो ।

प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार ती महिलालाई विराटनगरस्थित विराट मेडिकल कलजेबाट सोमबार राति रिफर गरिएको थियो ।

उनमा भर्ना गर्दा अत्याधिक खोकी, सास फेर्न समस्या र ज्वरो आएको थियो । साथै उनी लामो समयदेखि मुटु रोगी भएको अस्पतालले जनाएको छ ।