धरानको जंगलमा झोलामा भेटिएको शवको पहिचान खुल्यो, तीन जना पक्राउ

धरानको जंगलमा झोलामा भेटिएको शवको पहिचान खुल्यो, तीन जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- झापाको दमक नगरपालिका–५ का दिनेश सिग्देलको हत्या आरोपमा शंकास्पद तीन जनालाई प्रक्राउ परेका छन् । सुनसरीको धरान–४ स्थित जंगलमा सिग्देलको हत्या गरिएको थियो । शंकास्पद तीन जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी नरेन्द्र कुँवरले जानकारी दिए ।

अहिले अनुसन्धानकै क्रममा रहेकाले नाम सार्वजनिक गर्न नमिल्ने उनले जनाए । सिग्देल बहराइनबाट २० पुसमा नेपाल फर्किएका थिए । नेपाल पुगे पछि उनी सिधै विराटनगरस्थित कान्छी श्रीमतीकहाँ गएको प्रहरीको दाबी छ । प्रहरीका अनुसार पारिवारिक कारणले हत्या भएको हुनसक्ने आशङ्का गरिएको छ । चाँडै घट्नामा संलग्न व्यक्ति सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।

गएको बुधबार र बिहीबार धरान ४ को आपगाँछी क्षेत्रको जङ्गलमा दुई वटा झोलामा हाट खुट्टा, टाउको र शरीरको टुक्राटुक्रा अवस्थामा शव भेटिएको थियो । शव पहिचानका लागि प्रहरीले स्केच तस्बिर बनाएर सार्वजनिक गरेको थियो । उक्त घटनामा सङ्घीय प्रहरी इकाई र इलाका प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको छ ।