झुट्टा विवरण पेश गरी नागरिकता दिलाउने दुई जना धरौटीमा रिहा

झुट्टा विवरण पेश गरी नागरिकता दिलाउने दुई जना धरौटीमा रिहा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वालिङ – झुट्टा विवरण पेश गरी नागरिकता दिलाएको मुद्दामा पक्राउ परेका प्रतिवादीहरु जनही तीन लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

स्याङ्जा जिल्ला अदालतले नागरिकतासम्बन्धी मुद्दाका प्रतिवादी स्याङ्जाको आँधीखोला गाउँपालिका–४ का ७६ वर्षीय सर्वजित सुनार र फेदीखोला गाउँपालिका–४ बडाचौरका ६१ वर्षीय चेतनाथ पौडेलले तीन–तीन लाख धरौटी दाखिला गरी तारेखमा छुटेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले बताए ।

सर्वजित सुनारले कास्कीको पोखरा महानगरपालिका–३० बस्ने डिलबहादुर श्रेष्ठका ३३ वर्षीय छोरा शंकर श्रेष्ठलाई आफ्नो छोरा भएको झुट्टा विवरण पेश गरेको र तत्कालीन वडाध्यक्ष चेतनाथ पौडेलले सिफारिश गरेपछि २०६० माघ २० मा जिल्ला प्रशासन कार्यालय स्याङ्जाले नागरिकता दिएको थियो ।