धार्चुलाको क्वारेन्टिनमा रहेका नेपाली स्वदेश फर्किए (फोटोफिचर)

धार्चुलाको क्वारेन्टिनमा रहेका नेपाली स्वदेश फर्किए (फोटोफिचर)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – महाकालीपारी धार्चुलाको क्वारेन्टिनमा का नेपालीहरूलाई स्वदेश प्रवेश गराउन थालिएको छ ।

बिहना ९ः२० बाट नेपाल प्रवेश गराउन थालिएको सशस्त्र प्रहरी वल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाका गुल्मपति डम्बर बहादुर विष्टले जानकारी दिए ।

उनले दत्तु नाकाबाट बैतडीका दुई सय जना नेपाल प्रवेश गरेको जानकारी दिए । त्यस्तै दार्चुलाको खलंङ्गाबाट १५० जना नेपाल प्रवेश गर्दै गरेको जानकारी दिए ।

डीएसपी विष्टले दार्चुलाको पुलघाट र दत्तु नाका तथा बैतडीको झुलाघाट नाकाबाट प्रवेश गर्दै गरेको जानकारी दिए । नेपाल प्रवेश गरेकाहरुको सम्पर्क नम्बरसहित ज्वरो नाप्ने कार्य भइरहेको उनले बताए ।

‘हाम्रो लिष्टमा ८१७ जना थिए । तर, एक डेड सय जना बढ्छ भन्ने कुरा भारतीय पक्षबाट आएको छ । ९ सय अथवा एक हजारको संख्यामा आउँछन् होला’, डीएसपी विष्टले भने ।

बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले नेपाल प्रवेश गरेकाहरुको र्‍यापिड वा स्वाब परीक्षण गराउने जानकारी दिए ।
कोरोनाभाइरसको संक्रमण देखिएमा भने उनीहरूलाई आइसोलेसनमा पठाउने जानकारी उनले दिएका छन् ।

एक महिना भन्दा बढी भारतको पिठौरागढको विभिन्न स्थानमा क्वारेन्टिनमा बसेका उनीहरूलाई दुबै पक्षबिच सहमति भएपछि बिहिबार नेपाल फर्काउन निर्णय भएको थियो ।

तस्बीर: राजेन्द्र सिंह साउद