काठमाडौं – हिन्दू धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् । मोरङ प्रहरीको टोलीले श्रीनिवासलाई काठमाडौंबाट पक्राउ गरेको छ । उनकै योजनामा गोली प्रहार भएको खुलेपछि दिल्ली जान लागेका उनलाई प्रहरीले काठमाडौंको विमानस्थलबाट पक्राउ गरेको हाे ।
विराटनगर–१४ जतुवास्थित रामजानकी मन्दिरमा २५ चैतदेखि भागवत पुराण सुरु हुने कार्यक्रम थियो । तर, त्यही बिहान उनीमाथि गोली प्रहार भएकाे थियाे । हिन्दुराष्ट्रको आन्दोलन उछाल्न श्रीनिवासले आफुमाथि गोली हान्न माधव चौधरीलाई लगाएको अनुसन्धान खुलेको छ। चौधरी र लक्ष्मीराज अधिकारी पक्राउ परेपछि सो रहस्य खुलेको हाे।
मोरङका एसपी अरुण बीसीका अनुसार गोली प्रहारमा संलग्न भएको अभियोगमा दुई जना पक्राउ परेका थिए । तर, उनीहरुले आचार्य श्रीनिवासले नै योजना बनाएर आफूलाई गोली हान्न लगाएको बयान दिएका छन् ।




प्रतिक्रिया