धर्मगुरु आचार्य श्रीनिवासमाथि गोली प्रहार, हत्या गर्ने उद्धेश्यले गोली प्रहार : राप्रपा (प्रेस विज्ञप्ती सहित)

धर्मगुरु आचार्य श्रीनिवासमाथि गोली प्रहार, हत्या गर्ने उद्धेश्यले गोली प्रहार : राप्रपा (प्रेस विज्ञप्ती सहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर-  बालसन्त स्वामी श्रीनिवास आचार्यलाई गए राति १ः४५ बजे अज्ञात व्यक्तिले गोली प्रहार गरी गम्भीर घाइते बनाएको छ ।

विराटनगरको जतुवामा शौच गर्न घरबाट बाहिर निस्कँदा गोली प्रहारबाट घाइते हुनुभएका आचार्यको न्यूरो अस्पतालमा उपचार भइरहेको छ । उहाँलाई दाहिनेतर्फको माथिल्लो भागमा गोली लागेको छ । यतिखेर आचार्य खतरामुक्त रहेको प्रहरी उपरीक्षक अरुणकुमार बिसीले जानकारी दिए।

उनी विराटनगर– १४ स्थित रामजानकी मन्दिरमा आजदेखि शुरु हुने भनिएको श्रीमद्भागवत पुराणवाचन गर्नका लागि यहाँ अाएका थिए। अभियुक्तको खोजवीन भइरहेको प्रहरीले जनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विराटनगरमा धर्मगुरु आचार्य श्रीनिवासलाई हत्या गर्ने उद्धेश्यले गोली प्रहार गरिएको भन्दै घटनाप्रति भत्र्सना गरेको छ।

आज एक प्रेस विज्ञप्ती जारी गर्दै राप्रपाले हिन्दुत्वलाई कमजोर बनाउने र धार्मिक संघसंस्थालाई भयभित बनाउन योजनाबद्ध श्रृङखलाको एक घटनाको रुपमा गोली काण्डलाई व्याख्या गर्दै तत्काल छाानविन प्रक्रिया अघि बढाउन माग गरेको छ। साथै उसले धार्मिक गुरु तथा व्यक्तित्वको सुरक्षाको आवश्यक प्रवन्ध मिलाउन समेत सरकारसँग माग गरेको छ।

प्रेस विज्ञप्ती