धर्मकान्त बाँस्कोटाले लिए त्रिवि उपकुलपतिको नियुक्ति

धर्मकान्त बाँस्कोटाले लिए त्रिवि उपकुलपतिको नियुक्ति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्राडा धर्मकान्त बाँस्कोटाले त्रिविको उपकुलपति पदमा नियुक्ति भएको पत्र बुझेका छन् । आइतबार बसेको मन्त्रिपरिषद बैठकले बाँस्कोटालाई उपकुलपति नियुक्त गरेको थियो ।

आइतबारै डा. भगवान कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त गरिएको छ । बाँस्कोटा राष्ट्रपति विद्या भण्डारीका नाताले भान्जा पर्दछन् ।

उनी दुई दिन चिकित्साशास्त्र अध्ययन संस्थान(आइओएम)को डीन पनि भएका थिए । तर डा. गोविन्द केसीले कनिष्टलाई बनाएको भनी अनसन बसेपछि राजीनामा दिएका थिए । बाँस्कोटा नाक कान घाँटी रोग विशेषज्ञ हुन् ।

बाँस्कोटालाई उपकुलपति बनाउने निर्णयको नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियुका सहसंयोजक रन्जित तामाङले नै आपत्ति जनाएका छन् । उनले सामाजिक संजाल फेसबुकमा उपकुलपति नियुक्तिको प्रक्रिया गलत भएको टिप्पणी गरेका छन् ।