काठमाण्डु – निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा प्रहरीले नेकपा बहुमतका महासचिव धर्मेन्द्र बाँस्तोलालाई पक्राउ गरेको छ ।
निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेको आरोपमा मंगलबार प्रहरीले बाँस्तोलालाई पक्राउ गरेको हो ।
काठमाण्डुको टेबहालबाट मंगलबार दिउँसो उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।
नेकपा बहुमतले निर्वाचन बहिष्कारको नीतिसहित विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । निर्वाचनविरोधी अवाञ्छित गतिविधि बढाएको आरोपमा उनीमाथि अनुसन्धान सुरु गरिएको बताइएको छ ।
फागुन २१ गते हुने चुनावलाई शान्तिपूर्वक रूपमा सम्पन्न गर्नका लागि चुनावविरोधी गतिविधिमा संलग्नमाथि कारबाही थालिएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया