नेकपाका नेता धर्मेन्द्र बास्तोला रिहा

नेकपाका नेता धर्मेन्द्र बास्तोला रिहा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 काठमाण्डु – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोला रिहा भएका छन् । पक्राउ परेको ११ दिनपछि उनी काभ्रेबाट रिहा भएका हुन् ।

बास्तोलालाई उनकी श्रीमती हिमा र ज्वाइँ गणेश भण्डारीको जिम्मा लगाएको काभ्रे प्रहरी प्रमुख भुपेन्द्र खत्रीले जानकारी दिए ।

रिहा भएपछि नेता बास्तोलाले राजनैतिक ढंगले समाधान गर्न खोजेकाले आफूहरु वार्ताप्रति सकारात्मक भएको बताएका छन् । उनले कम्युनिस्ट पार्टीहरुबीच एकताको सम्भावना पनि भएको बताए ।