हामीसँग हतियार छैन् : धर्मेन्द्र बास्तोला

हामीसँग हतियार छैन् : धर्मेन्द्र बास्तोला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले देशको समस्या हल गर्नको लागि मुख्य मुख्य विषयमा जनमतसंग्रह गरिनुपर्ने आफ्नो पार्टीको एजेण्डा रहेको स्पष्ट पारेका छन् ।

सरकारसँग तीन बुँदे सहमति भएर सार्वजनिक भएपछि आज काठमाण्डुमा आयोजना गरेको विशेष कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘जनताको मत लिने गरौं। हरेक विषयमा जनतमसंग्रह गरौं भनेका छौं । यसले जनतालाई परिचालित गर्छ ।

पूर्ण लोकतान्त्रिक प्रक्रिया, जनवादी प्रक्रिया आवश्यक छ । यो प्रकारणको लोकतान्त्रिक समाज बनाऔं । अहिले हामी सरकारसँग छलफल गर्छौं । सेट अफ आईडियाज छ । हामी राख्छौं । खाका छ । हामी भन्छौं । नयाँ दिशामा जानुपर्छ ।’

उनले जनमतसंग्रह के के विषयमा गर्ने भनेर अहिले नै भन्न सम्भव नभएको बताए । उनले अघि भने,‘सबै भन्न सम्भव छैन् । खास÷खास विषयमा हुन्छ । अहिले हामी सरकारसँग छलफलमा छौं । संसदीय व्यवस्था भन्दापनि लोकतन्त्र मूल कुरा हो । यसको विकसित कुरा गरेका छौं ।’ उनले आफूहरु मुलुकलाई समृद्ध बनाउने उद्देश्यमा होमिएकोले यो विषयमा आफ्नो पार्टीका धारणाहरु छिट्टै सार्वजनिक गर्ने पनि जनाए । उनले वार्ताको वातावरण कसरी बन्यो ? भन्नेबारे पनि थप प्रष्ट्याएका छन् ।

उनले भने,‘राजनीितक आन्दोलनलाई, समस्यालाई समाधान गर्नको निम्ति हामीले धेरै लामो समयदेखि छलफल गर्दै आएका थियौं । नेपालको संविधानले कतिपय विषयलाई समेट्न सकेको छैन् भन्दै आएका थियौं । आर्थिक आधार उपयोगी संरचनाको कुरा गरेका थियौं, अहिलेको व्यवस्था परिवर्तन जरुरी छ भनेर हामीले भनेका थियौं । शान्ति प्रक्रियाको दश वर्ष, यो संविधान बनेको तीन÷चार वर्षमा प्रष्ट भएको छ ।

सरकारले के महशुस गर्यो भने नेपालमा एउटा राजनीतिक परिवर्तनको जरुरी छ । नयाँ बाटोको जरुरी छ भन्यो । त्यही भएर अहिले सहमति भएको हो ।’ अहिलेको संसदीय राजनीतिक व्यवस्थाले मुलुकलाई निकास नदिने उनको भनाई छ । उनले भने,‘त्यही भएर अहिले संसद् विघटन गर्नुपर्ने अवस्थामा पुग्यो । अहिले दलभित्र तनाब पैदा भएको छ । लडाईँ चलिरहेको छ । अदालतले संसद् पूनःस्थापना गरेको छ। अहिले दलभित्र लडाईँ चलिरहेको छ ।’

आफूहरुले पहिले पनि यही राजनीतिक बाटोबाट गए देश अस्थिरतातर्फ नै जान्छ भनेर राजनीतिक विश्लेषण गरेको र अहिले आएर त्यो कुरा पुष्टि भएको बास्तोलाको भनाई छ । उनले सरकार र आफूहरुबीच भएको तीन बुँदे सहमति पालना हुनेमा शंका नगर्न आग्रह गरे । उनले भने,‘सरकारले वार्ता गरौं भन्यो, पछिल्लो चरणमा वार्ताको माध्यमबाट सहमति भयो । हामी निश्कर्षमा पुग्यौं । तीन बुँदे सहमति गरेका छौं । हाम्रो महासचिव र प्रधानमन्त्रीले प्रष्टसँग सहमति कार्यान्वयन हुन्छ भनेर आफ्नो कुरा राख्नुभएको छ । उहाँहरुले ईमानदारीताका साथ सहमति कार्यान्वयन गर्छौं भन्नुभएको छ।’

तपाईँहरुसँग भएको हतियार कहाँ छ ? भन्ने प्रश्नमा उनले भने,‘त्यो कुरा अहिले यहाँ गर्न जरुरी छैन् । हामीसँगको कुरा छैन त्यो । हामीलाई हाम्रो पार्टी हतियार लिएर लड्ने, हामीले भनेको सशस्त्र युद्ध पनि होईन । सशस्त्र विद्रोहको कुरा पनि होईन् । हामीले भनेको त एकीकृत जनक्रान्ति हो । वैज्ञानिक समाजवाद स्थापना गर्नै हो । क्रान्ति भनेको आमूल परिवर्तन गर्ने हो । देश धनी भयो हरेक नागरिक धनी हुन्छ ।’ उनले आफूलाई पटक–पटक हिरासतमा राखिएपनि कुनै यातनाको अनुभव नभएको सुनाए । उनले भने,‘मलाई त सम्मानपूर्वक व्यवहार गरियो । कतिपय कमरेडलाइ टर्चर गरिएको कुरा आएको छ। बरु, अस्ति अदालतमा प्रहरीले धरपकड गरेको हो ।