सर्वोच्चले रिहा गर्ने आदेश दिएलगत्तै पुनः पक्राउ परे विप्लव समूहका नेता बास्तोला

सर्वोच्चले रिहा गर्ने आदेश दिएलगत्तै पुनः पक्राउ परे विप्लव समूहका नेता बास्तोला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता धर्मेन्द्र बास्तोलालाई नेपाल प्रहरीले पुनः पक्राउ गरेको छ ।

सोमबार आज नेता बास्तोलालाई सर्वोच्च अदालतले रिहा गर्ने आदेश दिएलगत्तै प्रहरीले पुनः सर्वोच्च अदालतको गेटबाटै पक्राउ गरेको हो ।

न्यायाधीशद्वय मीरा खड्का र सुष्मालता माथेमाको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै बाँस्तोलालाई फरक आस्था र विचार राखेका कारण थुनामा राख्न न्यायिक दृष्टिकोणबाट उचित नदेखिएको भन्दै गैरकानूनी थुनाबाट मुक्त गरिदिन आदेश दिएको हो । पुस २९ गते बाँस्तोलासहित चार जनालाई ललितपुरको दक्षिणी भेगबाट प्रहरीले पक्राउ गरेको थियो ।

न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले माघ १५ गते बन्दी बनाउनाको आधार र कारणसहित सूचना प्राप्त भएको मितिले बाटाको म्यादबाहेक २४ घण्टाभित्र बन्दीसहित उपस्थित गराउनका साथै महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्न भनिएको थियो ।

समूहका पश्चिम कमाण्ड इञ्चार्ज रहेका बाँस्तोलाका तर्फबाट हिमा बाँस्तोलाले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । बाँस्तोलालाई नख्खुस्थित एनसेल टावरमा भएको बम बिस्फोटका घटनामा संलग्न रहेको आरोप लागेको थियो ।