नेकपा बहुमतको महासचिवमा बास्तोला निर्वाचित

नेकपा बहुमतको महासचिवमा बास्तोला निर्वाचित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा बहुमतको महासचिवमा धर्मेन्द्र बास्तोला निर्वाचित भएका छन् ।

बिहीबार महाधिवेशन प्रतिनिधिले उनलाई महासचिवमा सर्वसम्मत निर्वाचित गरेका नवनिर्वाचित केन्द्रीय सदस्य गुणराज लोहनीले जानकारी दिए ।

महाधिवेशन बन्दसत्र हलले ९९ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । माघ ५ गतेदेखि टीयूमा सञ्चालन भएको महाधिवेशनमा ८५० प्रतिनिधि सहभागी थिए । महासचिव बास्तोलाले पेश गरेको राजनीतिक दस्तावेज र संगठनात्मक प्रतिवेदन सर्वसम्मत पास भएको लोहनीले बताए ।
साउन १ गते क्रान्तिकारी कम्युनिस्ट पार्टीबाट अलग भएपछि नेकपा बहुमतले ९औं महाधिवेशन गरेको छ ।