धौलिगंगाको बाँध खोलिँदै, महाकाली नदी आसपासमा बस्ने बासिन्दालाई सतर्क रहन आग्रह

धौलिगंगाको बाँध खोलिँदै, महाकाली नदी आसपासमा बस्ने बासिन्दालाई सतर्क रहन आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – भारतस्थित धौलिगंगा जलबिद्युत परियोजनाको बाँधको ढोका खोलिने भएको छ ।
साउन १३ गते रातिदेखि बाँधको ढोका खाल्ने भएपछि महाकाली नदी किनारमा बसोबास गर्ने बासिन्दालाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको छ ।

उक्त जलविद्युतको सिल्ट फ्लसिङ गरिने भन्दै एनएचपीसी लिमिटेड धौलीगंगा पावरस्टेसन धारचुला पिथौरागढले पत्राचार गरेपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले साउन १४ गते साँझ पौने सात बजेसम्म महाकाली नदीमा पानीको बहाव बढ्ने भन्दै तटीय क्षेत्र जोखिममा रहेकाले सतर्क रहन आग्रह गरेकोे छ ।