काठमाण्डु – राप्रपा महामन्त्री तथा संगठन विभाग प्रमुख धवलशम्सेर राणाले हिन्दु राज्य पूनःस्थापना गर्ने राप्रपाको मूल एजेण्डा भएको बताएका छन् । मन वचन र कर्म एकत्रित गरेर हिन्दु अधिराज्य पूनःस्थापना गर्ने काममा लाग्ने उनले बताए ।
किर्तिपुर नगर तहको संगठन विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री जबराले शनिबार भने, ‘राजा सहितको हिन्दु राष्ट्र राप्रपाको मूल एजेण्डा हो, जनताको बल र समर्थनमा यो लक्ष्य हामी प्राप्त गर्छौं, गर्छौं । मूल लक्ष्य प्राप्त नगरेसम्म हामी विश्राम गर्ने छैनौं ।’
महामन्त्री राणाले विगत आन्दोलनको अनुभवका आधारमा यस पटक राप्रपा पूर्णतयारीका साथ सडकमा उत्रने बताए । सशक्त र प्रभावकारी आन्दोलनका लागि सानोभन्दा सानो विषय सम्बोधन गर्दै राप्रपा तयारीमा जुटेको, युवा दस्तालाई केन्द्रमा राखेको उनको भनाइ थियो ।
महामन्त्री कुन्ती शाहीले देशमा विद्यमान विकृति र विसंगति सरकार परिवर्तन गरेर सम्बोधन नहुने भन्दै अहिलेको संकट निराकरण गर्न सनातन पहिचानलाई आत्मसात गर्नुपर्ने बताइन् । नेपाल निर्माणदेखिको यथार्थ अवस्था, धर्म सँस्कृति परम्परा र भूराजनीति समेत सम्बोधन हुने गरी संविधान संशोधन गर्नुपर्ने उनको भनाइ थियो ।
प्रतिक्रिया