राप्रपा छाेडेका धवलशमशेर गरे नयाँ पार्टी खोल्ने घोषणा

राप्रपा छाेडेका धवलशमशेर गरे नयाँ पार्टी खोल्ने घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणाले नयाँ पार्टी खोल्ने घोषणा गरेका छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै राणाले अब नयाँ दल गठन गर्ने घोषणा गरेका हुन् ।

राप्रपा नेतृत्वले पार्टीको मूल एजेन्डालाई जोगाउन नसकेको र आन्तरिक लोकतन्त्रलाई उपेक्षा गरेको आरोप लगाउँदै नयाँ बाटो रोजेको बताए ।

नयाँ पार्टीको अवधारणा सार्वजनिक गर्दै उनले ुराजासहितको प्रजातन्त्रु दलको मुख्य आधार हुने बताए ।

उनले एजेन्डामा राजासहितको प्रजातन्त्र र हिन्दू राष्ट्र, युवा र महिलाको नेतृत्व, सुशासन र रोजगारी, दुर्गा प्रसाईंको अभियान लगायत अन्य राजावादी, राष्ट्रवादी र हिन्दूवादी संघ-संस्था तथा व्यक्तिहरूलाई समेटेर एउटा वृहत् ‘बलियो राष्ट्रवादी शक्ति’ निर्माण गर्ने रहेको उल्लेख गरे ।

यसअघि राप्रपाका १८३ जना नेताहरुले सामूहिक राजीनामा दिएका छन् ।

राप्रपाका १८३ जना नेताहरुले दिए सामूहिक राजीनामा (सूची)