काठमाडौं– कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानको कमाण्ड सम्हालेका एआइजी धीरु बस्न्यातले अमेरिकाको पूर्वनिर्धारित भ्रमण रद्ध गरेका छन्।
घटनाको दुई महिना वित्दा समेत हत्यारा पत्ता लाग्न नसकेकोमा हालै मात्र अनुसन्धान छानबिनको कमाण्ड सम्हालेका एआइजी बस्न्यातले घटनाको अनुसन्धानमा रहेको भन्दै भ्रमण नै रद्ध गरेका हुन्।
उक्त घटनाको छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले सरकारलाई बुुझाएको प्रतिवेदन आइतबार मात्र सार्वजनिक भएको थियो। उक्त प्रतिवेदनमा कञ्चनपुरमा रहेको तत्कालीन प्रहरी प्रमुखसहितको टोलीले अनुसन्धानमा गम्भीर गल्ती गरेको उल्लेख छ।
यही क्रममा घटना झन रहस्यमय बनिरहेका बेला एआइजी बस्न्यातले अमेरिका स्थित फ्लोरिडा राज्यमा भइरहेको १२५ औं अन्तर्राष्ट्रिय प्रहरी प्रमुख संघको सम्मेलनको भ्रमण रद्ध गरेका हुन्। अक्टोबर ६ देखि ९ सम्म भइरहेको सो कार्यक्रममा सहभागिताका लागि छानबिन समितीको नेतृत्व लिनु अघि नै बस्न्यातको नाम सिफारिस भई मन्त्रिपरिषदबाट पनि स्वीकृत भइसकेको थियो।




प्रतिक्रिया