काठमाडौं– सरकारले ढिलासुस्ती गर्ने ठेकेदार कम्पनीमाथी कार्वाही प्रक्रिया अघि बढाएको छ । प्रधानमन्त्री कार्यालय मातहत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले विकास निर्माणमा सक्रियता देखाउंदै ढिलासुस्ती गर्ने नौवटा ठेकेदार कम्पनीलाई स्पष्टीकरण सोधेको छ ।
उनिहरु सवैलाई कालोसूचीमा राख्ने तयारी छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले जिम्मेवारी पूरा नगर्ने नौ ठेकेदार तथा कम्पनीलाई एक साताको म्याद राखेर लिखित स्पष्टीकरण दिन समेत सार्वजनिक सूचना जारी गरेको हो ।
काममा ढिलासुस्ती गर्नेहरु श्री निशा सप्लायर्स हेटौंडाका अशोक न्यासुर,इन्दिरा कन्स्ट्रक्सन मेलुङ गाउंपालिका ४ दोलखाका मोहन खड्का, स्वस्तिक श्री विनायक कन्स्ट्रक्सन हेटौंडा उपमहानगर १० मकवानपुरका गणेशप्रसाद भेटवाललगायतका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयअघि मात्रै काठमाडौंको सडकका खाल्टाखुल्टी दुई महिनाभित्र पुर्न र काम नगर्ने ठेकेदार कम्पनीलाई कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएपछि कार्वाही प्रक्रिया अघि बढेको हो ।




प्रतिक्रिया