एआईजी धीरजप्रताप सिंहलाई महानिरीक्षक नियुक्त गर्ने सरकारको तयारी

एआईजी धीरजप्रताप सिंहलाई महानिरीक्षक नियुक्त गर्ने सरकारको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल प्रहरीका एआईजी धीरजप्रताप सिंहलाई सरकारले आजै महानिरीक्षक बनाउने तयारी गरेको छ । हालका प्रहरी महानिरिक्षक शैलेश थापा वैशाख १८ मा अवकासमा जांदैछन् । थापा बिदामा बस्ने तयारीमा छन् ।सिंहभन्दा अघि वरियतामा एक नम्बरमा एआईजी विश्व पोखरल र दोस्रोमा सहकुल थापा छन् ।

शुक्रबार ५ बजे मन्त्रिपरिषदको बैठक बोलाइएको छ । उक्त बैठकले नै केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख रहेका एआईजी सिंहलाई आईजीपी बनाउन लागेको स्रोतको दावी छ । सिंहको दज्र्यानी चिन्ह्र भने आईतबार बिहानै लगाउने तयारी छ । महानिरीक्षकको लागि सिंहसहित विश्व पोखरेल र रविन्द्र धानुक प्रतिस्पर्धामा थिए । तिनै जना २०४९ चैत्र ११ मा नेपाल प्रहरीमा एकै दिन सेवा प्रवेश गरेका अधिकारी हुन् ।

तर, वरियतामा लामो समय सिंह अघि भएपनी डीआईजी र एआईजी हुंदा पोखरेलले दरबन्दी सिर्जना गरेर उछिनेका थिए । एआईजीमा पोखरेल ०७७ मंसिर २५ मा बढुवा भएका थिए भने सिंहलाई त्यसको डेढ वर्षपछी गत चैत ७ मा एआईजी बनाइएको थियो ।

एआईजी पोखरेलले सिंहलाई प्रहरी महानिरीक्षक बनाए आफुले राजीनामा दिने र अदालत जाने जानकारी प्रहरी महानिरीक्षक थापालाई दिइसकेको स्रोत बताउंछ । उनलाई एमालेका वरिष्ठ नेता ईश्वर पोखरेल निकट भनेर प्रहरी महानिरीक्षक बन्नबाट रोकिएको चर्चा छ । पोखरेल एआईजीमा दरबन्दी सिर्जना गरेर एमालेकै सरकारका पालामा एकल रुपमा बढुवा भएका थिए ।

स्थानीय तहको निर्वाचनअघि वरियतालाई मिचेर सिंहलाई आईजीपी नबनाउन नेपाली कांग्रेसका नेताहरुले प्रधानमन्त्री देउवालाई सुझाव दिएपनी उनको पारिवारिक सदस्यहरु हावी भएको स्रोतको दावी छ । एआईजी सिंह र पोखरेल दुवै कार्यसम्पादनका हिसावले भने दुवै अब्बल भएको प्रहरीकै अधिकारीहरु बताउंछन् ।

प्रहरी नियमावली–२०७१ मा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मध्येबाट कार्यसम्पादन मूल्यांकन, ज्येष्ठता, भौगोलिक क्षेत्रमा काम गरेको अनुभव, शैक्षिक योग्यता, तालिम, चुनौतीपूर्ण वा विशेष जिम्मेवारीका आधारमा एक जनालाई आईजीपीमा बढुवा गर्न सक्ने व्यवस्था छ । सरकारले यही नियमावालीमा टेकेर सिंहलाई आईजीपी नियुक्त गर्ने तयारी गरेको हो ।

यो पनि पढ्नुहोस-

प्रहरीमा आईजीपी नियुक्ती : पोखरेल वा सिंह भन्नेमा बिवाद