ढोरपाटनका मेयर नेपालीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा

ढोरपाटनका मेयर नेपालीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले सम्पत्ति शुद्धीकरणको मुद्दा चलाएको छ । नेपालीविरुद्ध १ अर्ब ५८ करोड रुपैयाँ विगो मागदाबी सहित सम्पत्ति शुद्धीकरण मुद्दा चलाइएको हो ।

मेयर नेपाली हाल सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि थुनामा छन् ।

उनीमाथि बाग्लुङको इमेज सहकारी संस्थाको रकम हिनामिना गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोप छ ।

यसअघि मेयर नेपालीविरुद्ध सहकारी ठगीमा अभियोजन दर्ता भएकोमा सम्पत्ति शुद्धीकरण विभागको प्रतिवेदनका आधारमा थप मुद्दा चलाइएको हो ।

यता अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शिक्षक नियुक्तिका लागि ४ लाख ५० हजार घुस लिएको भन्दै श्री जय किसान माध्यमिक विद्यालय धरहरीका प्रधानाध्यापक संजय प्रसाद र विचौलिया अरविन्द प्रकाश साहकानुलाई पक्राउ गरेको छ ।

टंगालस्थित अख्यितारबाट खटिई गएको टोलीले सेवाग्राहीबाट घुस वापतको रकम ४ लाख ५० हजार बिचौलिया अरविन्द प्रकाश साहकानुले लिइसकेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

पर्साको वीरगञ्ज महानगरपालिका– १३ अदालत रोडस्थित होटलबाट उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्यितारले जनाएको छ ।