आहा ! मनै रमाउने ढोरपाटन आरक्ष (फोटो फिचर)

आहा ! मनै रमाउने ढोरपाटन आरक्ष (फोटो फिचर)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ढोरपाटन शिकार आरक्ष नेपालको एकमात्र शिकार आरक्ष हो । वन्यजन्तुको सदुपयोगका साथै संरक्षण होस् भन्ने हेतुले यस क्षेत्रलाई शिकार आरक्ष बनाइएको हो ।

ढोरपाटन भ्रमण गर्ने पर्यटकको संख्या प्रत्येक वर्ष निरन्तर बढिरहेको छ । यो आरक्ष पश्चिम नेपालमा धौलागिरी हिमश्रृंखला भित्र रुकुम, म्याग्दि र बाग्लुङ गरी तीन जिल्लामा फैलिएको छ ।

जसको क्षेत्रफल १,३२५ वर्ग किलोमिटर छ । ढोरपाटन शिकार आरक्ष २०४० मा स्थापित भएको हो । २०४४ मा मात्र सरकारी मान्यता प्राप्त ग¥यो । यसको उत्तरी सिमामा पुथा, चुरेन र गुर्जा हिमालहरू रहेका छन् ।

यस आरक्षमा ३२ प्रजातिका स्तनधारी जनावर पाइन्छन् । प्रमुख जनावर नाउर, झारल, थार र हिमाली भालु हुन् ।

यहाँ दुर्लभ एवं संरक्षित पंछीको सूचीमा परेका डाँफे, मुनाल, चिर लगायत १६४ प्रजातिका चराहरू पाइन्छन् । आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिबाङ र घुस्तुङ ७ ब्लकमा विभाजन गरी शिकार खेल्न दिने व्यवस्था मिलाइएको छ ।

यहाँ लिखित अनुमति लिएर तोकिएको समय र क्षेत्रमा तोकिएको जनावरको शिकार गर्न पाइन्छ ।

यो आरक्ष समुन्द्री सतहबाट २,८५० मिटरदेखि ५,५०० मिटर उचाईमा अवस्थित छ ।

यो ठाऊँ बाग्लुङगको पश्चिम दिशामा पर्छ। बाग्लुङगको बुर्तिवाङ बजारबाट पैदल १ दिन हिडेपछि ढोरपाटन पुग्न सकिन्छ। हाल ढोरपाटन उपत्यकासम्म यातायात पुगेको छ। बुर्तिवाङबाट ढोरपाटन सालझण्डी सडक भएर ढोरपाटन पुग्न सकिन्छ।

सामान्यतया वुर्तिवाङबाट ३ घण्टामा ढोरपाटन उपत्यका पुगीन्छ। हाल जिप तथा साना प्रकारका बसहरू सो रूटमा चल्ने गर्दछन् ।