माधव नेपाल समूहका सांसद शाही ओली समूह लागे

माधव नेपाल समूहका सांसद शाही ओली समूह लागे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसद ध्रुव शाही प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली समूहमा लागेका छन् ।

संस्थापन पक्षले भटाभट कारवाही गर्न थालेपछि नेता नेपाल समूहका सांसदहरु संस्थापन पक्षमा खुल्न थालेका हुन् । सुर्खेतबाट निर्वाचित सांसद शाहीले आफु पार्टीको मूलधारमा लागेको बताए । उनले भने, ‘माधव नेपाललाई साथ दिएको हो । अहिलेका गतिविधिले उहाँ फुटको बाटोमा लाग्नुभएको छ । त्यसैले म पार्टीको मुल नेतृत्वमा लागेँ ।’

नेपाल समूहका २७ जना सांसदलाई ओलीले मंगलबार स्पष्टिकरण सोधेका थिए । शाही स्पष्टिकरण सोधिएका सांसदको सूचीमा छैनन् ।