काठमाण्डु – काठमाण्डु महानगरको वडा–२१ यंगालको येँगा हिटी (ढुंङ्गेधारा) मा ५ दशकपछि पहिलोपटक कलकल पानी आएको छ ।
लिच्छविकालीन यो हिटीमा ५० वर्षपछि पहिलोपटक पानी खस्दा यंगालबासीले उत्सवका मनाएका थिए ।
वरपरका अग्ला कंक्रिटको घरले घेरिएको हिटीका तीन वटा धारामा अहिले पानी आइरहेको छ । काठमाण्डुमा रहेको अमेरिकी दूतावासले वर्ल्ड मोनुमेन्ट्स फन्ड र चिभा चैत्य अर्गनाइजेसनसँगको साझेदारीमा यो हिटीको जिर्णोद्धार गरिएको हो ।
अमेरिकाको राजदूत सांस्कृतिक संरक्षण कोष (एएफसीपी)को अनुदानमार्फत गरिएको सहयोगमा लामो समयपछि यो ढुंङ्गेधाराले पुनर्जीवन पाएको हो ।
काठमाण्डु महानगरकी उपमेयर सुनिता डङ्गोलले आफू सानो हुदाँदेखि देखेको तर पानी नआएको यो ढुङ्गेधारामा पानी झर्दा खुसी लागेको र अबका दिनमा यस्ता ढुङ्गेधाराको जिर्णोद्वार तथा पुनर्स्थापना आवश्यक रहेको बताइन् ।
कार्यवाहक अमेरिकी राजदूत जेसन मिक्सले ५० वर्षमा पहिलोपटक हिटीमा पानी खस्नु सार्थक उपलब्धि रहेको बताए ।




प्रतिक्रिया