काठमाण्डु – नेपाल सहित संसारका विभिन्न देशमा शुक्रबार विश्व मधुमेह दिवस मनाइँदै छ।
मधुमेहको जोखिम, रोकथाम र उपचारबारे चेतना फैलाउनु यो दिवस मनाउने गरिन्छ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००७ देखि दिवस मनाउन थालिएको हो।
मधुमेहको रोकथाम र उपचारका लागि आफ्ना स्वास्थ्य प्रणालीअनुसार राष्ट्रिय नीति निर्माण गर्न सबै सदस्य राष्ट्रलाई राष्ट्रसङ्घले प्रोत्साहन गर्दै आएको छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०१४ मा विश्वभर ४२ करोड २० लाख वयस्क मधुमेहबाट प्रभावित थिए।
मोटोपना, अस्वस्थ जीवनशैली र शारीरिक गतिविधि कमीका कारण यो रोग बढ्दै गएको हो। स्वस्थ आहार तथा नियमित व्यायाम गर्ने, धूमपान र मद्यपानबाट टाढा रहनु यो रोगबाट बच्ने उपाय हुन्।
विश्व स्वास्थ्य संगठनले बढ्दो मधुमेहलाई रोक्न प्रत्येक देशले दीर्घकालीन स्वास्थ्य नीति, जनचेतना र जीवनशैलीमैत्री वातावरण निर्माणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ।
कसरी बच्ने ?
हर्मोनको कार्यमा गडबडी हुनाले, औषधिका कारण र प्यान्क्रियाज ग्रन्थिमा सङ्क्रमण हुँदा पनि मधुमेह हुनसक्छ । हाल नेपालमा ९० प्रतिशतदेखि ९५ प्रतिशतसम्म दोस्रो प्रकारको मुधुमेह भएको तथ्याङ्कले जनाएको छ ।
कसरी थाहा पाउने
यस्ता व्यक्तिलाई मुधुमेह हुने बढी सम्भावना हुन्छ
— परिवारका सदस्यमा मधुमेह भएको अवस्थामा ।
— शरीरको तौल बढी भएमा वा बीएमआई बढी भएमा ।
— कम्मरको गोलाई बढी भएमा ।
— निष्क्रिय जीवनशैली एवम् शारीरिक व्यायाममा कमी भएमा ।
— गर्भवती अवस्थामा मधुमेह भएमा ।
— रगतमा चिल्लोको मात्रा बढी भएमा ।
— उच्च रक्तचाप भएमा ।
— मानसिक तनाव एवम् चिन्ता भएका व्यक्तिहरूलाई
बच्ने उपाय
— मधुमेहबाट बच्नका लागि रगतमा चिनी, ग्लुकोजको परिमाण ठीक मात्रामा राख्नु पर्छ ।
— उचाइ अनुसार शरीरको तौल ठीक मात्रामा राख्नु पर्छ ।
— रक्तचाप नियन्त्रणमा राख्नुपर्छ ।
मधुमेह भएका व्यक्तिले नियमित स्वास्थ्य जाँच गर्दा मधुमेहबाट हुनसक्ने अन्य स्वास्थ्य समस्याबाट बच्न सकिन्छ । जसका लागि तपाईंले खाली पेटमा र खाना खाएको २ घण्टापछि रगतको जाँच गर्नुपर्छ । यस्तै प्रत्येक ६ महिनामा एचबीएआईसी। गर्नुपर्छ ।
तपाईंलाई मधुमेह भएको छ भने प्रत्येक वर्ष लिपिङ प्रोफाइल, मिर्गौला, कलेजो, थाइराड, आँखा, मुटु र पिसाबको रुटिन जाँच गर्नुपर्ने हुन्छ ।




प्रतिक्रिया