अफ्रिकामा विश्वकै तेस्रो ठूलो हिरा भेटियो

अफ्रिकामा विश्वकै तेस्रो ठूलो हिरा भेटियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – अफ्रिकामा विश्वकै तेस्रो ठूलो हिरा फेला परेको छ । अफ्रिकाको वोत्सवानामा विश्वकै तेस्रो ठूलो हिरा फेला परेको बीबीसीले जनाएको छ ।

एक हजार ९८ क्वारेट वजनको उक्त हिरा राष्ट्रपति मोकगवेत्सी मसीसीलाई देखाइएको थियो । हीरा फर्म, डेब्सवानाले दुई हप्ता पछि यसलाई पत्ता लगाएको बताइएको छ । बोत्सवाना अफ्रिकाको हीराको सबैभन्दा ठूलो उत्पादक हो ।

डेबसवाना डायमण्ड कम्पनीका कार्यवाहक प्रबन्ध निर्देशक लयनेटे आर्मस्ट्रङ्गले करिब ५ वर्षपछि वोत्सवानाले पुनः सबैभन्दा ठूलो हीरा पाएको बताए ।

अहिलेसम्म पत्ता लगाइएको सबैभन्दा ठूलो हीरा ३१०६ क्यारेट ‘कुलिन्न डायमण्डल’ थियो जुन १९०५ मा दक्षिण अफ्रिकामा फेला परेको थियो । साथै दोस्रो सबैभन्दा ठूलो १,१०९ क्यारेट लेसेडी ला रोना २०१५ मा वोत्सवानामा भेटिएको थियो ।