काठमाडौं – रियालिटी शो अमेरिकन आइडलमा नेपाली युवा छानिन सफल भएका छन् ।
अमेरिकाका विश्वस्तरीय संगीतकार लियोनेल रिची, गायक ल्युक ब्रायन र गायिका केटी बेरीको अगाडि प्रस्तुती दिँदै काठमाडौंका दिवेश पोखरेल हलिउड प्रस्तुतीका लागि अमेरिकन आइडल टप ४० मा पर्न सफल भएका हुन् ।
हाल अमेरिकाको क्यान्सस राज्यको विचिटामा बसोबास गर्दै आइरहेका दिवेश ५ वर्षअघि नेपालबाट अमेरिका पुगेका थिए । आइतबार अमेरिकी च्यानल एबिसीबाट प्रसारण भएको पहिलो श्रृंखलाबाट उनी छानिएका हुन् ।
दिवेशले आर्थर गनको उपनामबाट गाउँदै आएका छन् । दिवेशले पहिलो पटक आफ्नी आमाबाट गितार पाएका थिए । त्यसपछि नै उनले गाउन थालेका थिए ।
प्रस्तुतीका क्रममा दिवेशले नेपालको सुन्दरताबारे मात्रै चर्चा गरेनन् उनले नेपालीपन पनि प्रस्तुत गरिरहेका थिए । उनको प्रस्तुतीको जजहरुले पनि निकै प्रशंशा गरेका थिए ।




प्रतिक्रिया