पेट्रोल,डिजेल र मट्टितेलको मूल्य बढ्यो

पेट्रोल,डिजेल र मट्टितेलको मूल्य बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरिएको छ।

निगमले सोमबार एक विज्ञप्ति जारी गर्दै ईण्डियन आयल कर्पोरेसनबाट १ डिसेम्बर २०१९ मा प्राप्त नयाँ खरिद मूल्यमा केही बढेर आएकाले मूल्य वृद्धि गरिएको जनाएको छ।

निगमका अनुसार हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत रहेको छ । यता नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १०९ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ तोकिएको छ।