कर्णाली र प्रदेश ७ का प्रहरी प्रमुखसहित चार डिआईजीको सरुवा, को–कहाँ पुगे ? हेर्नुहोस् सूची

कर्णाली र प्रदेश ७ का प्रहरी प्रमुखसहित चार डिआईजीको सरुवा, को–कहाँ पुगे ? हेर्नुहोस् सूची

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्रालयले नेपाल प्रहरीका चार जना नायव महानिरीक्षक (डिआईजी) को सरुवा गरेको छ।

प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहमन्त्री रामबहादुर थापाले डिआइजीहरुको सरुवा गरेका हुन्।

डिआईजी धिरु बस्न्यातको प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा निर्देशनालयमा सरुवा भएको छ,भने सुरेशविक्रम शाहको प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालयमा सरुवा भएको छ। बस्न्यात यसअघि अपराध अनुसन्धान विभाग अ.नि. ब्यूरोमा थिए,भने शाह यसअघि प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशमा थिए।

प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालयमा रहेका महेश विक्रम शाहको प्रदेश प्रहरी कार्यालय  कर्णाली प्रदेश  ६ सुर्खेतमा सरुवा भएको छ ।

डिआईजी सुरज केसीको प्रदेश प्रहरी कार्यालय प्रदेश नम्बर ७ दिपायल सरुवा भएको छ। यसअघि प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा निर्देशनालयमा थिए।प्रदेश नम्बर ७ का डिआजी शरद चन्दले गत महिना अवकाश पाएका थिए।