काठमाडौँ— महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) शैलेश थापा क्षेत्री सामाजिक संजालको दुरुपयोगबाट आपराधिक गतिविधिहरु बढ्दै गएको बताएका छन्।
समुदाय—प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत काव्य स्कुल नयाँबानेश्वरमा अध्यनरत विद्यार्थीहरू तथा अभिभावकहरूसँग प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा उनले लागूऔषध, साइबर क्राइम, सामाजिक संजाल प्रयोग सम्बन्धी चेतनामूलक प्रशिक्षण दिंदै अपराधबाट बच्ने विभिन्न उपायहरुको जानकारी दिए।
प्रहरीले गरेका धेरै कार्यहरू बाहिर नआउने तर एउटा घटना बाहिर आउँदा समग्र नेपाल प्रहरीको सुरक्षा व्यवस्थामा प्रश्न उठाउने गरिएको स्मरण गर्दै क्षेत्री भने, ‘एउटा ठाउँमा चोरी भएमा चोरी बढयो भन्ने तर चोरी नियन्त्रणको लागि दिनरात प्रहरीले गरेका कार्यहरूको कहिले चर्चा हुने गरेको छैन ।’
क्षेत्रीले प्रविधिको प्रयोग बढ्दै संसार साँघुरिएको अवस्थामा प्रविधिको गलत प्रयोगले समाजमा अपराध बढदै गएको र सामाजिक संजाल प्रयोग गर्दा आफ्ना अभिभावक र बालबालिकाबीच पासवर्ड आदान प्रदान गरी बालबालिकाले के गर्दैछन भनी निगरानी गर्ने गरिएमा ठुलो घटनाबाट बच्न र बचाउन सकिने बताए।
महानगरीय प्रहरी वृत्त नयाँबानेश्व र, काव्य स्कुल (प्रहरी विद्यालय समन्वय समिति) नयाँबानेश्वर र सामुदायिक सेवा केन्द्र बानेश्वर—१० को आयोजनामा संचालित कार्यक्रममा काव्य स्कुलका विद्यार्थीहरूले नेपाली जनजनको मनमनमा नेपाल प्रहरी नेपाल आमाको सच्चा पहरेदार नेपाल प्रहरीू भन्ने बोलको गीतमा नृत्य समेत प्रस्तुत गरेका थिए । काव्य स्कुलका संस्थापक प्रिन्सिपल नवराज बास्कोटाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा विद्यार्थी, अभिभावक प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।




प्रतिक्रिया