काठमाण्डु- सशस्त्र प्रहरी बल नेपाललका ३ एसएसपीहरूलाई प्रहरी नायब महानिरीक्षक (डिआईज)मा बढुवा गरिएको छ । रिक्त रहेका ३ डिआईजमा एसएसपीहरू कृष्ण ढकाल, दीपेन्द्र कुँवर र विष्णुप्रसाद भट्टलाई बढुवा सिफारिस गरिएको हो ।
उनीहरू क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा सिफारिस भएका छन् ।
सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालयका अनुसार फागुन २० गते भएको गृहमन्त्रीस्तरीय निर्णयानुसार उनीहरूलाई सशस्त्रको डीआईजीमा बढुवा गरिएको हो ।
ढकाल एसएसपीमा पनि दोस्रो नम्बरमा थिए भने दोस्रो ब्याचका कुँवर र भट्ट भने पहिलो ब्याच र त्यसभन्दा अगाडि रहेका एसएसपीलाई पछि पार्दै बढुवा सिफारिस भएका थिए ।
यो बढुवा सिफारिसमा नअटाएका कृष्णराज पाठक हुन् । उनी सबैभन्दा वरिष्ठ एसएसपी थिए । अघिल्लोपटकको बढुवामा समेत उनी छुटेका थिए ।
पाठकका ब्याचमेट सुरेश श्रेष्ठ, अन्जनीकुमार पोखरेल, दीपेन्द्र शाह, पुरुषोत्तम थापा र दीपक अधिकारी यसअघि नै बढुवा भइसकेका छन् ।




प्रतिक्रिया