नेपाल प्रहरीमा चार डिआइजी एआइजी बढुवामा सिफारिस

नेपाल प्रहरीमा चार डिआइजी एआइजी बढुवामा सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीका चार जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्न सिफारिस भएको छ।

सोमबार प्रहरी महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवरले सन्दीप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङलाई बढुवा गर्न सिफारिस गरिएको हो। आइजीपी धिरजप्रताप सिंहसँगै एआइजी सहकुल थापा, उत्तम सुवेदी र दिवेश लोहनीले पनि अवकाश पाएसँगै रिक्त रहेका एआइजीका पदमा उनीहरूलाई बढुवा गर्न सिफारिस गरिएको हो।