प्रहरी कर्मचारीलाई डिआईजी पोखरेलको निर्देशनः परिवर्तनको अभियान आफैंबाट सुरु गर्नुस्

प्रहरी कर्मचारीलाई डिआईजी पोखरेलको निर्देशनः परिवर्तनको अभियान आफैंबाट सुरु गर्नुस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआईजी) विश्वराज पोखरेलले प्रहरी कर्मचारीले परिवर्तनको अभियान आफैंबाट चलाउनुपर्ने बताएका छन् । ट्राफिक प्रहरीमाथि लागेका आरोपबाट मुक्ति पाउन परिवर्तन आवश्यक रहेको बताउँदै परिवर्तनको सुरुवात आफैंबाट हुनुपर्ने बताएका हुन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा निर्माण हुन लागेको प्रहरी अधिकृत तथा जवानहरुको संयुक्त मेस भवनको शिलान्यास गर्दै पोखरेलले ट्राफिक प्रहरी संगठन विश्वमै परिचित भएकाले ट्राफिक प्रहरी संगठनमाथि लागेको आरोपबाट मुक्ति पाउन परिवर्तन जरुरी रहेको बताउँदै प्रहरी कर्मचारीलाई यसको सुरुवात आफैबाट गर्न निर्देशन दिए ।

उनले ट्राफिक प्रहरीमा अनुशासन पालना गर्ने कुरामा अझबढी परिवर्तनको आवस्यकता रहेको समेत बताए । उनले भने, ‘अनुशासन पालना गर्ने कुरामा यसमा अझ बढोत्तरी भएर जाओस, हिजो तपाईहरु नदेखेजस्तो गर्नुहुन्थ्यो भने अब चाहिं हामीलाई पनि देखेजस्तो, मेरो हाकिम जस्तो, मेरो गार्जेन जस्तो अनभुति तपाइहरुलाई होस् ।’