अनुशासन मिच्ने डीआइजीको गाडी नै ट्राफिक प्रहरीको फन्दामा

अनुशासन मिच्ने डीआइजीको गाडी नै ट्राफिक प्रहरीको फन्दामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– ट्राफिक प्रहरीले नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डिआइजी) को गाडीलाई कारबाही गरेको छ।

नर्भिक अस्पताल अगाडि पार्किङ निषेधित क्षेत्रमा पार्किङ गरी राखिएको बा १ झ ६४०८ नम्बरको गाडीलाई  महानगरीय ट्राफिक प्रहरी महाशाखाले ५ सय रुपैयाँको चिट काटेको हो। गत शुक्रबार उक्त नम्बरको गाडी पार्किङ निषेधित क्षेत्रमा पार्किङ गरेको देखेपछि समिरमणी दीक्षितले ट्विटरमार्फत उजुरी गरेका थिए।


उक्त गाडीलाई कारबाही स्वरुप ५ सय रुपैयाँ तिराइएको चिट र ग्लोबल आईएमई बैंकमा पैसा तिरेको भौचर समेत ट्राफिक प्रहरीले आइतबार सार्वजनिक गरेको छ । सो गाडीका चालक छत्रबहादुर थापाको नाममा सो चीट काटिएको थियो ।