डीआईजीको काज सरुवा :ज्ञवालीलाई विमानस्थलको जिम्मा

डीआईजीको काज सरुवा :ज्ञवालीलाई विमानस्थलको जिम्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– गृहमन्त्रालयले डीआईजीहरुको पदस्थापन लगत्तै काज सरुवा गरेको छ । आइतबारको गृहमन्त्रीस्तरीय निर्णय अनुसार दरबन्दीमा पदस्थापन भएका नवनियुक्त तीन डीआईजीहरुको फेरी काज सरुवा भएको हो ।

डिआईजीहरु श्यामलाल ज्ञवालीको साइबर ब्युरो,सन्दीप भण्डारीलाई प्रदेश समन्वय र मिरा चौधरीको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयमा पदस्थापन भएको थियो ।

तिनै जनाको काज सरुवा गर्दै भण्डारीलाई नेपाल प्रहरी शिक्षालय भरतपुर चितवन, चौधरीलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ र ज्ञवालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालयको प्रमुखको जिम्मेवारी दिइएको छ ।

यसअगाडी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ले नेतृत्व गर्दै आएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, नेपाल प्रहरी शिक्षालय भरतपुर चितवन र त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालयमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) खटाइएको छ । यससंगै नेपाल प्रहरीमा डिआईजीको दरबन्दी थप्ने तयारी सुरु भएको छ ।