अवकाश पाउनै लागेका डीआईजी लामा एआईजीमा बढुवा सिफारिस

अवकाश पाउनै लागेका डीआईजी लामा एआईजीमा बढुवा सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) वसन्त कुमार लामा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको शुक्रबार बसेको बैठकले रिक्त रहेको एआईजी पदमा लामालाई बढुवा सिफारिस गरेको हो ।

समितिको बैठकको निर्णयअनुसार प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस गरिएको समितिका सदस्य–सचिव प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले जानकारी दिएका छन् ।

उनी हाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन् । आगामी ८ जेठमा उनी ५६ वर्षे उमेर हदका अनिवार्य अवकाश पाउनेछन् । डीआईजी लामाको एकल बढुवा सिफारिसले प्रहरी संगठनभित्र पुनः चलखेल भएको हुनसक्ने आशंका गरिएको छ ।