बढुवा भएका डीआईजीलाई प्रदेश प्रमुखको जिम्मेवारी, को कहाँ पुगे ?

बढुवा भएका डीआईजीलाई प्रदेश प्रमुखको जिम्मेवारी, को कहाँ पुगे ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले पदोन्नती भएका प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरुलाई प्रदेश प्रमुखमा खटाउने भएको छ ।

गृहमन्त्रालयले प्रदेश नम्बर १ मा डीआईजी ईश्वरबाबु कार्की, प्रदेश नम्बर २ मा धिरजप्रताप सिंह, बागमती प्रदेशमा बसन्त लामा, गण्डकी प्रदेशमा प्रकाशजंग कार्की, प्रदेश नम्बर ५ मा रबिन्द्र बहादुर धानुक, कर्णाली प्रदेशमा बसन्त पन्त र सुदुरपश्चिम प्रदेशमा उत्तमराज सुवेदीलाई पठाउने भएको हो ।

यस्तै सीआईबीमा सहकुलबहादुर थापा, निरज शाही अख्तियार, प्रद्युम्न कार्की विशेष व्यूरो, अरुणकुमार बीसीतालिम केन्द्र र धनश्याम अर्याललाई प्रधान कार्यालयको जिम्मेवारी दिने तयारी छ ।

डिआइजीलाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको थियो । सोमवार प्रहरी प्रधान कार्यालय नक्सालमा प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

चैत २८ गते बसेको बढुवा समितिको बैठकले १० जना एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस गरेको थियो ।