काठमाडौं– नेपाल प्रहरीको प्रवक्तामा प्रहरी नायव महानिरीक्षक (डीआईजी) मनोज न्यौपाने नियुक्त भएका छन्। प्रहरी महानिरीक्षक प्रकाश अर्यालले डीआईजी न्यौपानेलाई आइतबार प्रहरी प्रवक्ताको जिम्मेवारी दिएका हुन्।
उनले आइतबार नै कार्यभार सम्हालेका छन्। यसअघि प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत डीआईजी नेउपानेलाई नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम–कारबाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यममा सम्प्रेषण गर्नका लागि केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको हो।




प्रतिक्रिया