प्रहरीले गल्ती गर्छ भने कुनै हालतमा छोडिन्न : डिआईजी पोखरेल

प्रहरीले गल्ती गर्छ भने कुनै हालतमा छोडिन्न : डिआईजी पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – महानगरीय प्रहरी आयुक्त रानीपोखरीका प्रमूख प्रहरी नायव महानिरीक्षक (डिआईजी) विश्वराज पोखरेलले कानून हातमा लिई अराजक गर्ने कसैलाई पनि नछाडी कारवाही गर्ने चेतावनी दिएका छन् ।

बिहीबार महानगरीय प्रहरी वृत्त कालिमाटी,सामुदायिक सेवा केन्द्र कुलेश्वरको सह आयोजनामा भएको शान्ती सुरक्षा सुदृढीकरण सम्बन्धी अन्तकृया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

प्रहरीको ब्यवहार सुधार,आचरण सुधार गर्न प्रहरी लागेको वताउदै आफु मातहतका कार्यालयका कुनै पनि प्रहरीले कानुन हातमा लिन खोज्छ र प्रहरीले कुनै गल्ती गर्छ भने कुनै हालतमा नछाड्ने बताएका हुन् ।

प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेल उपत्यकाको शान्ती सुरक्षामा कुनै पनी कसर बाकी नराखी नागरीकले प्रत्यक्ष महसशुस गर्ने गरी प्रहरीले शान्ति सुरक्षाप्रबर्धन गर्ने दावी गरे ।

उक्त अबसरमा प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले सुशासन कायम गर्ने सरकारको प्रतिबद्धतालाई सफलिभुत बनाउने कार्यमा प्रहरीले सुशासनको आधारभुत कुराहरू कानूनमा आधारीत प्रशासन, निष्पक्षता, समानता, पारदर्शिता, जवाफदेहीता र अन्य व्यवसायिकताका साथ व्यक्तिगत स्वार्थ विना कार्य गर्ने बताए ।

महानगरीय प्रहरीको जिम्मेवारी पाउनु अबसर र चुनौती दुवैको रूपमा आफुले लिएको बताउदै उपत्यकालाई शान्ती सुरक्षा कायम गर्न जिम्मेवारी सम्हाले देखिनै रातको समयमा पनी आफु स्वयम विभिन्न ठाउमा खटिने गरेको बताए ।

कार्यक्रममा सहभागीहरूको जिज्ञासाको जवाफ दिदै महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले समुदाय प्रहरी साझेदारी कार्यक्रमले शान्ती सुरक्षामा उपलव्धी हासिल गरेको घटनाको स्मरण गराउदै नागरीकको सुचनालेनै अपराध नियन्त्रणमा ठुलो भुमिका खेल्ने हुनाले समयमै सुचना दिन आग्रह गरे ।