डिआईजी सिंह एआईजी बढुवाका लागी सिफारिस

डिआईजी सिंह एआईजी बढुवाका लागी सिफारिस


काठमाडौं – नेपाल प्रहरीका प्राविधिक डीआईजी डा. आशा सिंह एआईजी (प्रहरी अतिरिक्त महानिरीक्षक) पदमा बढुवाका लागी सिफारिस भएकी छन् । वरिष्ठ स्त्री रोग विशेषज्ञ रहेकी डा. सिंह प्राविधिक प्रहरी उप–समूह अन्तर्गत रिक्त रहेको एआईजीमा बढुवा भएकी हुन् ।

गृहमन्त्रालयले गठन गरेको बढुवा समितिले सिंहलाई सोमबार एआईजीमा बढुवा सिफारिस गरेको हो । बढुवा समितिका अध्यक्ष गृहसचिव प्रेमकुमार राई थिए भने सदस्य सचिव प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल रहेका थिए ।

अस्पतालकी एआईजी डा. दुर्गा थापाले ३० बर्षे सेवाहदका कारण गत शुक्रवार अवकास पाएकी थिईन् ।थापाको अवकाशपछि वरिष्ठताका आधारमा सरकारले डीआईजी डा. मिनराज पाठकलाई नै अस्पतालको निमित्त मेडिकल डाइरेक्टरको जिम्मेवारी दिइएको थियो ।