गोविन्द केसी प्रकरण : घटनाको छानबिन गर्न डिआइजीको टोली जुम्ला पुग्यो

गोविन्द केसी प्रकरण : घटनाको छानबिन गर्न डिआइजीको टोली जुम्ला पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ –  जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आमरण अनशन बसिरहेका डा. गोविन्द केसीलाई सरकारले काठमाडौं ल्याउने क्रममा भएको घटना छानबिन गर्न डिआइजी नेतृत्वको टोली जुम्ला पुगेको छ ।

नेपाल प्रहरीका डीआईजी सुरेन्द्रविक्रम शाह, एसपी केदार रजौरे र डीएसपी चूडामणि बुढाथोकीको तीन सदस्यीय टोली गत बिहीबार भएको घटना छानबिन गर्न घटनास्थल पुगेको हो ।

गएको बिहीबार डा. केसीलाई काठमाडौं ल्याउन खोज्दा विद्यार्थी, स्थानीय बासिन्दा र प्रहरीबीच झडप भएको थियो । त्यस क्रममा २४ जनाभन्दा बढी घाइते भएका थिए ।

घटनामा तीन प्रहरी पनि घाइते भएका थिए । घटनामा गम्भीर घाइते भएका एक प्रहरीको काठमाडौंमा उपचार भईरहेका छ । घटनाका कारण अस्पतालका भौतिक संरचनामा समेत क्षति पुगेको छ । अस्पतालका चिकित्सक र कर्मचारीहरूले पनि घटनाको छानबिन गरी दोषीलाई कारवाही गर्न माग गर्दै आएका छन् ।